
रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ८ स्थित रहेको सरमुजवामा एक कामदारको मृत्यु भएको छ । बौधिमाई नगरपालिका क्षेत्र भित्र रहेका बकुंल बजारमा जय माता दी सोनाक्षी कबार सेन्टरमा काम गरिरहेको एक कामदारको समानले दबिएर मृत्यु भएको हो । मृत्यु हुनेमा बारा जिल्लाका मिस्रनगढ नगरपालिका वडा नम्बर ७ कवलपुर निवासी उमाकन्त साह रहेको छ । उनी करिब १२ बजेको समयमा घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता नायव उपरिक्षक प्रहरी उमाकन्त अर्याले बताए । गम्भीर घाइते भएको साहलाई उपचारका लागि रौतहटका गौर अस्पतालमा उपचारका लागि लगिएको थियो । साहको उपचारकै क्रममा मृत्यु भएको तथा पोस्माटम पछि बास्तबीक कुराहरु आउने प्रहरी प्रवक्ता अर्याले बताए । सो घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अर्याले बताए ।

More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे