July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सर्लाहीको घटनामा प्रहरी माथि घोर आपत्ति प्रकट गर्नुभयो पुर्व मन्त्री प्रभु साह

सर्लाही १४ गते पुस

सर्लाही जिल्लाको बयलबाँस बजारमा आईतबार साँझ प्रहरीको भ्यानबाट अल्पायुमैं ज्यान गुमाएका स्थानीय युवा व्यवसायी रामकुमार महतोप्रति भावपूर्ण श्रद्धाञ्जली सहित शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै यस रहस्यमयी दुखद घटनाप्रति सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

घटनाप्रति पीडित पक्षले निश्पक्ष छानबीन सहित न्यायको लागि शान्तिपूर्ण सडक संघर्ष गरिरहेको सन्दर्भमा पीडित पक्षसंग वार्ता संवाद/छलफलको माध्यमले समस्याको हल खोज्नुको सट्टा प्रहरी प्रशासनले उल्टै अनुचित रुपमा बल प्रयोग गरी पीडित पक्षलाई थप उतेजित एवं मर्माहत बनाउने तथा कर्फ्यू/निशेधाज्ञा जारी गरेर अनावश्यक भय/त्रासको अवस्था सृजना गर्न निर्दोष एवं लाचार स्थानीयवासीहरुको जीउधनमाथि धब्बा बोली स्थानीय प्रहरी प्रशासनले गरिरहेको जंगलराजको हर्कतप्रति घोर निन्दा व्यक्त गर्दछु ।

सर्लाही प्रहरीद्वारा भैरहेको यस हर्कतले सिङ्गो प्रहरी संगठनलाई नै बदनाम गराउने तथा प्रहरी प्रशासनप्रति आमजनताको विश्वास गुम्ने भएकोले जिल्ला प्रहरी प्रमुख र सम्बन्धित ईप्रकाका ईन्चार्जलाई तत्काल निलम्बन गर्न र घटनाको निश्पक्ष रुपमा छानबीन गरी तत्काल पीडित पक्षलाई राहत एवं दोषीलाई कार्यवाही गर्न गृह मन्त्रालय सहित नेपाल सरकारसंग जोडदार माग गर्नु भयो पुर्व मन्त्री प्रभु साह