जेष्ठ १२ गते रौतहट
रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले एक वर्षेको कार्यकालमा गरेको उपलब्धि सार्वजनिक गरेका छन् । सो अवधिमा वर्षौदेखिको अलपत्र सडक, नाला तथा विद्यालय भवन बनाएको उनले दाबी गरेका छन् । एक वर्षे कार्यकालमा नगरभित्रका ३ किलोमिटर आरसीसी सडक ढलान, ३ किलो मिटर नाला, १ किलो मिटर सडक ग्रावेल र १ किलो मिटर नयाँ सडक ट्रयाक खोलेको नगरप्रमुख साहले बताए ।नले टाउन हल, विवाह मण्डप, स्मार्ट सिटी अन्तर्गत भित्री बाटो बन्दै गरेको पनि बताए । झुलुङ्गे पुल, कलाकुञ्ज पुस्तकालय, नाला, विद्युत् पोल, बानेश्वर मन्दिर, राम जानकी मन्दिर, विभिन्न विद्यालयमा तल्ला थप्ने काम समेत एक वर्षको अवधिमा भएको उनको भनाइ छ ।
मधेश प्रदेशमा न्यूनतम सर्त मापन कार्यमा १ सय ३६ मध्ये नगरपालिका पहिलो भएको पनि उनले जानकारी गराए । सो अवसरमा नगर उपप्रमुख शैलदेवी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, नगर प्रवक्ता अर्जन सिंहसहितका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।