गरूडा,चैत १९ गते
रौतहटको मौलापुर कर्मचारीको समस्या बारे सर्वपक्षीय छलफलमा सहमति भएको छ । सहमती पछि आजै काममा फर्किने मौलापुर वितरण केन्द्रका प्रमुख दिनेश यादवले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको पहलमा शनिवार जिल्ला प्रशासन कार्यालय रौतहटमा भएको सर्वपक्षीय छलफलमा सहमति भएको हो ।
बिगत एक महिना भन्दा बढी देखि नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रको सेवा बन्द गरिएको थियो । वितरण केन्द्रका कर्मचारीहरूले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने घोषणा गरेका थिए ।
केन्द्रका सहायक इन्जिनीयर महेन्द्र चौधरीमाथि कुटपिट भएको विरुद्ध आन्दोलनमा उत्रिएका कर्मचारीहरूले अति आवश्यक सेवाबाहेक सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका थिए ।
शनिवार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी मिश्र, नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश निर्देशक मुनिन्द्र ठाकुर, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढा मगर, सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपि माधव रेग्मी, राष्ट्रिय अनुसन्धान प्रमुख एसपि चन्दनकुमार झा, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, विभिन्न राजनैतिक दलका प्रतिनिधि, विद्युत् प्राधिकरणका विभिन्न कर्मचारी संगठनका प्रतिनिधिसमेतको सहभागितामा भएको सर्वपक्षीय छलफलमा सहमति जुटेको यादवले बताएका छन् ।
कर्मचारीमाथि दुव्र्यवहार घटनाको जबाफदेहिता मौलापुर नगरपालिका भएको भन्दै मेयर रिनाकुमारी साहले घटनाप्रति दुःख व्यक्त गरेकी थिइन् ।
मेयर साहले बन्द रहेको मौलापुर वितरण केन्द्रको कार्यालय संचालन गर्न र कर्मचारीहरुलाई काममा फर्किन आग्रह गरेपछि कर्मचारीहरू काममा फर्किन सहमत भएका हुन् ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान