April 19, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

२०० जना कविलेखकलाई ‘नइ कीर्ति रत्न’

काठमाडौँ ।

 नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्‍याउनु भएको विशिष्ट योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट २०० जना कविलेखकलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय भएको छ ।  नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

आगामी वैशाख ३० गते काठमाडौँ, टङ्गालको अम्रपाली सभाकक्षमा ‘नइ कीर्ति रत्न’ अलङ्कार समर्पण गरिने कार्यक्रम रहेको छ । सोही समारोहमा २०० जना स्रष्टाद्वारा लिखित ‘नइ कीर्ति लय’ र ‘नइ प्रकाशन : कीर्ति र आकृति’नामक दुईवटा ग्रन्थको सामूहिक लोकार्पण गरिनेछ ।