तस्बिर : एजेन्सी
अमेरिकाको मिसिसिपी राज्यमा आएकाे आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाकाे ज्यान गएकाे छ । चार जना आँधीमा बेपत्ता भएका छन् भने थुप्रै मानिस घाइते भएका बीबीसीले जनाएकाे छ ।
करिब १६० किलाेमिटर प्रतिघण्टाकाे गतिमा आएकाे आँधीबाट अमेरिकाकाे शार्की काउन्टीमा १३, क्यारोल काउन्टीमा तीन र मुनरो काउन्टी दुई जना, हम्फ्रेज काउन्टीको सिल्भर सिटीमा एक जनाकाे ज्यान गएकाे छ । बेपत्ता भएकाहरुकाे खाेजी भइरहेकाे र मृतककाे सङ्ख्या बढ्न सक्ने खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले जनाएका बीबीसीमा उल्लेख छ ।
मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए) का अनुसार अमेरिकाकाे ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा खोजी तथा उद्धार कार्य भइरहेकाे छ ।
मृतक र बेपत्ताहरूको सङ्ख्या निकै हुनसक्ने अधिकारीहरूले बताएका छन् । शुक्रवार देशभरका विभिन्न क्षेत्रमा चक्रवातको चेतावनी जारी गरिएको थियो ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै