July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कपुरकोटमा नेपाल राष्ट्रिय शिक्षक संगठनको परिषद् सम्पन्न

काठमाडाैं | चैत ११, २०७९

नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोट गाउँपालिका सल्यानको गाउँ परिषद शनिबार सम्पन्न भएको छ ।

सांगठनिक अवस्थाको समीक्षा, गुणस्तरीय शिक्षाका लागि खेल्नुपर्ने भूमिकालगायत विषयमा महत्वपूर्ण छलफल र निर्णय गर्दै गाउँपरिषद सम्पन्न भएको उक्त संगठनले जनाएको छ ।

चैत्र २० गतेसम्म सदस्यता नवीकरण गरिसक्ने निर्णयसहित नेपाल राष्ट्रिय शिक्षक संगठनमा नवप्रवेशीलाई स्वागत र स्थायी रूपमा शिक्षक सेवामा प्रवेश गर्ने संगठनमा आबद्ध शिक्षकलाई सम्मान गरिएको संगठनका कपुरकोट गाउँपालिका अध्यक्ष डिल बहादुर नेपालीले बताए ।

कार्यक्रममा नेकपा एमाले सल्यानका उपाध्यक्ष भीम बहादुर सेनले शिक्षक समाजको बौद्धिक र परिवर्तनको संवाहक भएको उल्लेख गर्दै परिवर्तनकारी शिक्षकहरू नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध रहेको बताए ।

यस संगठनको इतिहास गौरवपूर्ण रहेको बताउँदै उनले शिक्षकहरूको हकहितसँगै गुणस्तरीय शिक्षा दिन र समाजका विकृति एवम् अनियमितताविरुद्ध खरो रूपमा उत्रनुपर्ने बताए ।

कार्यक्रममा एमाले सल्यानका सचिवालय सदस्य घनश्याम शर्मा, संगठनका जिल्ला सचिव लोक बहादुर बुढा, एमाले कपुरकोटका अध्यक्ष द्रोण बहादुर केसी, सचिव मित्रलाल कठायत लगाएतले मन्तव्य राखेका थिए।