July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

अलपत्र रहेको लाल बकैया पुललाई सुचारु गराउन जनप्रतिनिधि होईन संचारकर्मी सहनी बसे आमरण अनशन

सत्येन्द्र प्रताप सिंहΧ

फागुन २ रौतहट
रौतहटको सदरमुकाम गौर टिकुलिया लालबकैया खोलामा पप्पु कन्ट्रक्सनले अलपत्र परेको अधुरो लालबकैयाको पुललाई यथा शिघ्र निर्माणका लागि लालबकैया खोलाको बगरमा स्थानीय संजय सहनीले आमरण अनशन आज दोस्रो दिन जारी राखेका हुन् ।चौथो अंगमा संचार रहेको सर्विददै छ,पत्रकारिताबाट देश तथा समाजको लागि दिन रात खटेर सेवा गर्दै आइरहेको गौर नगरपालिका वडा नम्बर ४ निवासी पत्रकार संजय सहनीले पप्पु कन्ट्रक्सनले लाल बकैया पुल निर्माणकार्य अलपत्र पारेकोलाई सुचारु गराउन आफू ज्यान गुमाउनु पर्ने भए ज्यानै गुमाउछु आमरण अनशन बसेर नेपाल पत्रकार महासंघ रौतहट शाखाका स सचिव समेत रहेका स्थानीय पत्रकार संजय सहनीले पत्रकारसँग गरेको कुराकानीमा भनेका थिए।
गत माघ मसान्त एक व्यापारीले पेट्रोल शरीरमा छरेर आत्म दाह पनि गरेको थियो सरकारले न्याय नदिएको भन्दै आगो लगाई मरेका थिए।
सरकारको कयौं प्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्रीहरु फेरिए तर लालबकैया पुल निर्माणकार्य अलपत्र अवस्थामा रहेको १० वर्ष पुग्न लागेको छ।अलपत्र अवस्था पार्ने मुख्य जिम्मा लिएका पप्पु कन्ट्रक्सनको मालिक हरिनारायण रौनियारलाई यथास्थितिमा सरकार भुक्तानी गरेको रकम फिर्ता गराई थप आवश्यक कार्यवाही बढाउन तथा अलपत्रमा रहेको पूललाई निर्माणकार्य दृत गति गराउन आमरण अनशन बसेको स्थानीय सहनीले बताएका थिए।
रौतहटको सदरमुकाम गौरको पश्चिम पट्टि बाध किरान अवस्था लालबकैया नदीमा विगत ८ वर्ष देखि पूल निर्माणकार्य अलपत्र अवस्था रहेको छ।गुणस्तर हिन ,कमसल निर्माणकार्य गरेको ,खिया लागेको रड प्रयोग गरिएको फेला पारेको पनि थियो।त्यस पश्चात् निर्माणकार्यको चौतर्फी आलोचना सुरु भएको थियो।कानुनी कार्यवाही गरि पप्पु कन्ट्रक्सनका मालिक समेत रहेका हरिनारायण रौनियारको पर्सा जिल्लाका तत्कालीन सांसद पद पनि चट पारिएको थियो।
पप्पु कन्ट्रकसनले २०७१ सालमा सम्झौता गर्दा ०७४ माघ २९ मा काम सम्पन्न गर्ने तय भएको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिलान्यास गरेका थिए । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७।२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान गरिएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर ३ वर्षभित्र निर्माण काम पूरा गर्ने पप्पु कन्स्ट्रक्सनले जनाएको थियो । पुलको पश्चिमतिरको दुईवटा गडरको काम भए पनि गुणस्तरहीन भएको सडक डिभिजनको ठहर छ।
यी मागहरु पूरा हुनमा साह्रै शंखा उब्जिएको पनि छ,रौतहटका पोल निर्माणकार्य अलपत्रमा रहेको क्षेत्रका गौर ईशनाथका वासीहरुले मत दिएर संसद भवन पठाइएको तर जनता समस्या संसद भवनमा राख्न आ आफ्नो क्षेत्र जनताको सामुहिक समस्या तथा सेवा छिटोछरितो सम्बन्धि सरकारलाई ध्यानाकर्षण गर्न पठाएको जस्ट विपरीत मा.माधव नेपाल भाषण गरेका थिए।
अर्को जिल्लाको मिटर व्याजी सम्बन्धि कुरा संसद भवन राखेको तर आफ्नो गृह जिल्ला रौतहटको सदरमुकाम गौर -ईशनाथ नगरपालिका जोड्ने लाल बकैया पुल निर्माणकार्य अलपत्र अवस्थामा रहेको बारे संसद भवनमा केही नबोल्नु कति जायज छ।केही नबोल्नु द्वय चरित्र प्रस्तुत गरेको र २० ७५ साल श्रावण मसान्तमा ढुङ्गा दुर्घटना भएका पार्थिक शरीर र घटनाबारे ससंद भवन केही न बोल्ने मा. माधव नेपाल नै हो जानकारी बताउँछन् ।
चुनावको बेला लम्बा भाषण दिई अलपत्र परेको निर्माणकार्यलाई जिते पश्चात् सरकारलाई ध्यानाकर्षण गराई सुचारु गराउने आश्वासन मात्र दिने गरेको तर कतिको कार्यव्ययन भएको त प्रश्न कडा विगत एक दशक भित्रमा आम समुदायलाई थाहा भएकै विषय स्थानीय संजय सहनीले बताए।यस्ता कयौं पूर्व प्रधानमन्त्री ,मंन्त्री र प्रथम मुख्यमन्त्री ,वर्तमान मुख्यमंन्त्री लगायतका राजनिती दाउ सेक्न निर्माणकार्य गुणस्तर हिन हुँदै अलपत्र रहेको कार्य सुचारु गराउने प्रतिबद्धता उधारो गर्न गरेकोले अब हाम्रो मागलाई सम्बोधन गर्न आउने संबंधित निकायका प्रतिनिधि ,गौर इशनाथ नगरपालिकाका वासीहरुसंग कागजी सिमित समय भित्र निर्माणकार्य सम्पन्न हुने सम्झौता गर्नु पर्ने अडान राख्दै आमरण अनशन गर्ने बाध्यता रहेको सहनीले बताए।साथै अलपत्र रहेको लाल बकैया पुल निर्माणकार्य सम्पन्न गराउन मैले ज्यानै गुमाएर सम्पन्न हुन्छ भने ज्यानै गुमाउन तयार रहेको सरकारलाई चेतावनीसमेत दिएको सहनीले बताए।
गौर नगरपालिकाको मेयरले मा. माधव नेपाल संग आमरण अनसन बस्ने स्थानीय संजय सहनीलाई फोन मार्फत कुराकानी गराइएको भिडियोमा नेपाल कम्युनिस्ट पार्टी(एस)का केन्द्रिय अध्यक्ष पूर्व प्रधानमन्त्री माननीय माधव नेपालले भने जनता मलाई जिताएर पठाएको स्विकार्दै भने अलपत्रमा परेको लालाबकैया पुल निर्माणकार्य सम्बन्धि आमरण अनसन ठिक छ तर अनशनमा ऐक्यबद्धता जनाउन सोचेर पछि भन्छु अहिले काम छ।

मलाई आमरन अनसन बस्नु कुनै रहर थिएन। तर तपाईंहरुको अन्धोपन र बहिरोपनलाई ठिक गर्न बाध्यबस अनसन बसेको हु ।
मेरो ज्यान गए केहि फरक पर्दैन ,म मरे पनि मेरो सन्तती र इशनाथ र गौर नगरपालिकाको आमाबुबा, दिदी बहिनी र दाजु भाईले पुलबाट ओहोरदोहोर गर्न पाओस् भन्ने चाहना छ।
हिउँदमा लच्का बास र काठले बनेको पुल र बर्सामा डुङ्गाको भरमा यात्रा गरि ज्यानको बाजि कहिले सम्म लगाउछौ होला सरकार ?यो पनि जवाफ दिनुहोला ।पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, नरकटिया, रामपुर खाप डुमरिया परोहा लौतना लगायत दर्जनौं गाउँका बासिन्दलाई सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्नुपर्छ ।
होइन भने पुल निर्माण नहुँदा खेती गर्न जानपरे,औरैया बाट सदरमुकाम गौर ,छिमेकी मुलुक भारत जान परे १५ देखि २५ किलोमीटर भन्दा बढी घुमेर आवत जावत गर्नु पर्ने सास्ती कहिले सम्म सहने ?
सरकार अर्को कुरा पनि गौर -इशनाथको जनतालाई झुठा आश्वासन कहिले सम्म रहिरहन्छन् स्थानीयले अवाज उठाउछन।