July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

गरुडामा व्यापारी,सेवा प्रदायक र किसान बिच अन्तरक्रिया

Open photo

 आरके श्रीवास्तव,गरुडा,फागुन ०१ गते

रौतहट जिल्लाको गरुडा नगरपालिकामा व्यापारी,सेवा प्रदायक र किसान बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज सो नगरपालिकाको वडा नम्बर ७ मा एक दिने अन्तरक्रिया कार्यक्रम राखिएको थियो । ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि ) जनकपुर कोरिडोर कार्यालय जनकपुरधामको आयोजनामा तरकारी आपूर्ति श्रृखला सम्बद्ध व्यापारी,सेवा प्रदायक र किसान बिच व्यापार विस्तार र समन्वयका लागि अन्तरक्रिया गरिएको थियो । गरुडा नगरपालिका वडा नम्बर ७ रहेको श्री हनुमान हरिहर तरकारी उत्पादक समूह,जय मातादी हरिहर तरकारी उत्पादक कृषक समूह,बौद्धिमाइ तरकारी उत्पादक कृषक समूह समुहमा आबद्ध किसानहरुको सहभागिता रहेको थियो । श्री हनुमान हरिहर तरकारी उत्पादक समूहका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा गरुडा नपाका कृषि प्राविधिक पवन कुमार सहनीको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको मुख्य उदेश्य समूहहरू द्वारा उत्पादन गरिएका हरियो तरकारीहरूलाई सामुहिक बजारीकरण मार्फत बिक्री गर्नु रहेको छ । साथै समुहहरूलाई वार्षिक तरकारी उत्पादन योजना ,बेमौसमी तरकारी खेती गर्ने प्रक्रिया, गुणस्तरीय विउविजन र यसका फाईदा बारे समेत सेवा प्रदायक,व्यापारीहरुलाइ व्यापारी मन्वारुल अन्सारी द्वारा जानकारी गराईएको थियो । यो कार्यक्रम मिति २०७९ फाल्गुन २ र ३ गते जिल्लाको राजपुर नपा र यमुनामाई गाउँपालिकामा समेत रहेका तरकारी समुह बिच गरिने आयोजनाका कर्मचारी विष्णुदेव झा र अकिल अहमदले अंसारी जानकारी गराउनु भयो ।