July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गुजरामा जारी भलिबल प्रतियोगितामा जनसेवा यूवा कल्बको कब्जा

गरुडा,फागुन ०२ गते
रौतहटको क्षेत्र नं ३ अन्तर्गत गुजरा नगरपालिका वडा नम्बर ९ मा जारी भलिबल प्रतियोगिताको फाइनलमा जनसेवा यूवा कल्ब पोखरभिण्डा विजयी भएको छ । आज सो भलिबल प्रतियोगीताको खेल भएको थियो । फाइनलमा जनसेवा यूवा कल्ब पोखरभिण्डा र बसन्तपुर योंग ब्वाइज भिडन्त गरेका थिए ।
मंगलवार भएको फाइनल खेलमा जनसेवा यूवा कल्बले १ का विरुद्ध सोझो सेटमा ३ सेट विजयी भएको हो । खेलमा मैन अफ दि मैच नीर बहादुर पुलामी मगर र प्रदिप मगर भएका थिए । उनीहरुलाइ गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरीले पुरस्कार स्वरुप कप र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
सो नगरपालिकाको वडा नम्बर ९ दयालपुर स्थित रहेको श्री जनसेवा प्राथमिक बिधालयको खेल मैदानमा भलिबल प्रतियोगिता जारी रहेको थियो । श्री मनकामना युवा कल्ब गुजरा ९ दयालपुरको आयोजन प्रतियोगिता चलिरहेको थियो । प्रतियोगितामा १२ वटा टिम सहभागी थिए । साथै सो अवसरमा पत्रकार लगायत खेलमा सहयोग पुर्याउने सबै जनालाइ सम्मान पनि गरिएको कल्बका अध्यक्ष मनोज चौधरीले जानकारी गराउनु भयो ।