July 26, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गरुडा नगरपालिकामा किशोरी सिकाई केन्द्रको संयुक्त अनुगमन

राम प्रबेश बैठा फागुन ०१ गते
रौतहटको मध्य भागमा पर्ने गरुडा नागरपालिका मा युके एड को आर्थिक सहयोगमा पिन नेपालको प्राबिधिक सहयोगमा तथा आसमान नेपालको आयोजनामा संचालित आरम्भ परियोजना अन्तर्गत संचालित गरूडा नगरपालिका,रौतहटको बिभिन्न वडामा संचालित किशोरी सिकाई केन्द्रहरु नगर प्रमुख कन्थमी जयसवालको अध्यक्षतामा सोमबार संयुक्त अनुगमन सम्पन गरिएको छ ।अनुगमनमा गरूडा नगरपालिकाका नगर प्रमुख जयसवाल सँगै उपमेयर पुनम कुमारी चौधरि,वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब, शिक्षा संयोजक सरोज गौतम,सह संयोजक शेख चाँद अलि,आसमान नेपालका अध्यक्ष रामप्रवेश यादव ,आसमान नेपालका कार्यक्रम संयोजक जमुना श्रेष्ठ,शिक्षा अधिकृत अरविन्द कुमार साह,परियोजना प्रबन्धक संजिव गुप्ता,योजना शाखाका रामानन्द सहनी,महिला बालबालिका शाखाकी अस्मिता यादव,लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

गरूडा नगरपालिकामा १६ वटा किशोरी सिकाई केन्द्र मार्फत ३५७ जना किशोरीहरु सो कोशोरी सिकाई केन्द्रमा अध्ययनरत छन् जस मध्ये वडा नं १,२,८ र ९ मा रहेको ८ वटा केन्द्रको अनुगमन गरिएको छ । अनुगमनको क्रममा किशोरीहरुको प्रगति बिवरण, सिकाई स्तर,केन्द्र व्यवस्थापन समिति, चेन्ज च्याम्पियन र अभिभावकको सहयोग तथा आएका समस्याहरुको बारेमा छलफल गरिएको थियो ।

समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा सह संयोजक चाँद अलीले निरन्तरता दिन स्थानिय सरकार लाग्नु पर्ने सुझाव दिए । कार्यक्रमलाई समापन गर्दै नगर प्रमुख जयसवालले साक्षर पालिका घोषणा गर्न तिव्र गतिमा लाग्ने भन्दै यसलाई निरन्तरता दिइने जनाए । गरुडालाइ छिट्टै साक्षर पालिका घोषणा गरिने उनले बताए ।