अर्जेन्टिना फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ। अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बन्यो।
यसअघि ब्राजिलले यो क्षेत्रबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ।
बुधबार विहान ब्राजिल र अर्जेन्टिनाबीच विश्वकप छनोटको खेलमा प्रतिस्पर्धा भएकोमा खेल गोलरहित बराबरीमा सकिएको थियो। यो खेलको नतिजापछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको भने होइन।
दक्षिण अमेरिका छनोटका अन्य खेलमा इक्वेइडर, पेरू र बोलिभियाले जित निकालेपछि अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे