January 24, 2025

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशन फागुन २ गते विराटनगरमा हुने

 

काठमाडौँ –

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन फागुन २ गते विराटनगरमा हुने भएको छ।

आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै महासंघका संयोजक कृष्ण बस्नेत ‘पर्शुराम’ले अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए।

पहिलो संस्करणको रोडरेसमा खेलाडीदेखि नेता कार्याकर्ताको ठूलो संख्यामा सहभागिता रहने बस्नेतले बताए।

फागुन २ देखि ७ गतेसम्म हुने अधिवेशनका क्रममा खेलकुदका कार्यक्रमसमेत हुनेछन्। यसक्रममा राष्ट्रिय पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगितासँगै मार्सल आर्टसका विभिन्न खेल हुनेछन्।

महाधिवेशनका लागि महासंघले विभिन्न १५ वटा उपसमितिसमेत गठन गरेको महाधिवेशन मूल समारोह तथा मञ्च व्यवस्थापन उपसमिति संयोजक नन्दा बस्यालले जानकारी दिइन्।

उनले महाधिवेशनका लागि व्यवस्थापनको करिब ८० प्रतिशत काम र प्रतिनिधि छनोट भइसकेको जानकारी दिइन्।