साेलुखुम्बु –
सोलुखुम्बुकाे सदरमुकाम सल्लेरीमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । आज आइतवार भएकाे आगलागीबाट दुई वटा घरमा आंशिक क्षति भएको छ ।
आज दिउँसो सल्लेरीकाे माथिल्लो क्याम्पस टोलमा भएको आगलागीबाट बुद्धराज तामाङको घर पूर्णरूपमा जलेर नष्ट भएको छ भने ल्हाक्पा तामाङ र जितबहादुर तामाङको घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
बुद्धराजको घरबाट विद्युत् शर्ट भई सुरु भएको आगोले नजिकै रहेको लहाक्पा र जितबहादुरको घरमा समेत क्षति पुगेको प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रामकिशोर शाहले जानकारी दिनुभयो । आगलागीबाट बुद्धराजको २५ हजार रुपैयाँ नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा २७ लाख रुपैयाँ बराबरको क्षति भएको तथा ल्हाक्पा र जितबहादुरको २०/२० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे