काठमाडौं ।
स्रोत नखुलेको रकमसहित भारतबाट नेपाल आउँदै गरेका युवकलाई सशस्त्र प्रहरीले पर्साको वीरगन्जबाट पक्राउ गरेको छ ।
वीरगन्ज महानगरापालिका–१६ स्थित शंकराचार्य गेटबाट २५ वर्षीय रामप्रवेश कुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले रातोपाटीलाई बताए ।
हेलमेटमा लुकाएर ल्याएको अवस्थामा उनको साथबाट बिओपी बीरगञ्जबाट खटिएको टोलीले ८ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।
आरोपीले सो रकमको स्रोत खुलाउने सकेका छैनन् । रामप्रवेश वीरगन्ज महानगरपालिका–१६ इनर्वा बस्दै आएका छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार उनलाई स्थानीय प्रहरीको जिम्मा लगाइएको एसएसपी थापाले जानकारी दिए ।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे