काठमडौं ।
गत सोमबार टर्किए र सिरियामा गएको भूकम्पबाट २२ हजारको ज्यान गइसकेको छ भने ६५ हजार हाराहारीमा घाइते भएका छन् ।
यतिधेरैको ज्यान जाँदा भूकम्पले पुरिएको भवनमा जन्मिएकी एक बालिकाको भने १० घण्टापछि उद्धार भएको छ ।
सिरियाको अलेप्पो शहरमा भूकम्पपछि पुरिएको अवस्थामा जन्मिएकी बालिकाको १० घण्टापछि उद्धार भएको हो । उनले अस्पतालमा उपचार जारी छ ।
बताइएअुनसार बालिकाका बुबा आमाले उनको जन्म भएपछिमात्र अन्तिम स्वास फेरेका थिए ।
उनको नाम आया राखिएको छ । अरबी भाषामा आयाको अर्थ चमत्कार हुन्छ । बीबीसीका अनुसार ती बच्चीको भभिभावकत्व लिनका लागि हजारौंले इच्छा राखेका छन् ।
बच्ची जन्मिएको पाँच तले भवन ढलेको थियो ।
More Stories
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी
मधानी महायज्ञमा रवि किशन, बिनय बिहारीदेखी रितेश पाण्डे लगायतका चर्चित कलाकार आउँदै