काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएकोमा अहिले सुचारु भएको छ ।
अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान सुचारु भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।
अहिले ‘म्यानुअल्ली’रुपमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन भएको महाप्रबन्धक ठाकुरले बताए।
विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको थियो।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे