काठमाडौं-
राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३ गते सोमवारको लागि मिति तोकेका हुन्।
उनले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशनसमेत दिए।
More Stories
सांसदहरु सरकारको ध्यानाकर्षण गराउँदै
खुंखार डाँकुहुँदै क्रुर लडाकु बनेका प्रिगोजिनको मृत्युसँगै के होला वागनर समूह ?
डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गर्याे