रौतहट, ८ गते माघ
रौतहटको सदरमुकाम गौरमा आइतबार कुष्ठ रोग निवारण सम्बन्धि सञ्चारकर्मीसँग एक दिने अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रका महासंघ रौतहट शाखाको सभा कक्षमा कुष्ठ रोग निवारण सम्बन्धि सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रममा कुष्ठ रोग निवारण बारे जानकारी गराउदै जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख सुरेश यादवले कुष्ठ रोग अब निको हुने रोग भएको बताए ।
उनले भने, कुष्ठ रोग सरुवा रोग भएपनि जुन व्यक्तिमा रोग सँग लडने क्षमता हुदैन त्यही व्यक्तिमा मात्र सर्ने गर्छ । अरुले सँगै बसे पनि केही फरक नपर्ने उनले बताए । २०६६ माघ ५ गते नै नेपाल कुष्ठ रोग निवारण घोषणा भएपनि मधेस प्रदेशमा हाल पनि कुष्ठ रोगको जोखिम रहेको बताए ।
रौतहट जिल्लाभरी जम्मा १४० जना यस रोगबाट प्रभावित रहेको उनले बताए । रौतहट जिल्लामा सबैभन्दा बढी कुष्ठ रोगबाट प्रभावित चन्द्रपुर नगरपालिका रहेको छ भन्ने सबैभन्दा कम यमुनामाई गाउँपालिका रहेको तथ्यांकले जनाएको छ ।
रौतहटको १८ वटै स्थानीय तहको तथ्यांक अनुसार चन्द्रपुर नपामा २२ र सबभन्दा कम यमुनामाईमा २ गरि जम्मा १४० जनामा कुष्ठ रोगी फेला परेको र तिनीहरुको औषधी पनि चलिरहेको उनले बताए । कार्यक्रममा वोल्दै स्वास्थ्य कार्यालय प्रमुख यादवले कुष्ठ रोग निवारण अभियान प्रभावकारी रुपमा संचालन गर्न आवश्यक रहेको बताए ।
कुष्ठ रोगी फेला परे पनि त्यसको नाम गोप्य राखी समाजमा अपहेलित नहुने हिसाबले उपचार गर्नु पर्ने समेत उनले बताए ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय