काठमाण्डौँ ! आज कपिलवस्तुमा जसपाका पुर्व सांसद सहित ४५ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गराउन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार राती नै रुपन्देही पुग्नु भएको छ ।
सोमबार राती यति एयरलाइन्सको विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै ८ बजे भैरहवा पुगेर एक होटलमा बास बस्नु भएको हो। आज दिउँसो कपिलवस्तुको बहादुरगन्जमा पुराना नेता मंगलप्रसाद गुप्तासहित ठूलो संख्यामा एमाले प्रवेश गर्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली रुपन्देही पुग्नु भएको हो ।
पूर्व सांसद गुप्ता २०७४ को निर्वाचनमा कपिलबस्तु ३ बाट संघीय समाजवादी फोरमको उम्मेदवार हुनुहुन्थ्यो ।
More Stories
सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
संरक्षणकाे अभावमा जिर्ण बन्दै राैतहट कारागार
वन पैदावार आपूर्ती समिति रौतहटका अध्यक्ष दासले सम्हाले कार्यभार