ट्रिपरको ठक्कर बाट मृत्यु भएका कम्युनिष्ट नेता चौधरीको गरियो दाहसंस्का
रामप्रवेश बैठा,रौतहट,पौष ०६ गते
ट्रिपरको ठक्कर बाट मृत्यु भएका कम्युनिष्ट नेता चौधरीको दाहसंस्कार गरिएको छ । रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ९ लक्ष्मिनिया निवासी नेपाल कम्युनिस्ट पार्टी नेता एवं समाजसेवी खेदु चौधरीको अन्तिम विदाइ गरिएको छ ।
आइतवार राती चौधरीको टिपरले ठक्कर दिदा दुःखद मृत्यु भएका थियो । चौधरीको दाहसंस्कारमा निवर्तमान प्रदेश सांसद एवम् नेकपा एमालेका केन्द्रिय सदस्य कुन्दन कुशवाहा मौलापुरको नगर प्रमुख रिना कुमारी साह , फतुवा विजयपुर नपाकी उपमेयर कान्ति देवी महतो, मेयर प्रत्याशी बुधाई खान , मेयर प्रत्याशी सुरेन्द्र यादव ,एमाले नगर कमिटी अध्यक्ष बिजय यादव निर्बिज, एमाले नगर सचिव उमाकान्त दहाल , वडा नम्बर १ का वडाअध्यक्ष सञ्जय साह , वडाध्यक्ष ब्रह्मनारायण यादव, शेख मोबिन लगायतका नेकपा एमाले पार्टीका नेताहरूको उपस्थिती रहेको थियो । सहभागिहरु सबै जना मिलेर नेपाल कम्युनिष्ट पार्टीको सुर्य चिन्ह अंकित झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको नगर अध्यक्ष बिजय यादव निर्बीजले जानकारी गराउनु भएको हो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय