July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुरमा राष्ट्रपति शैक्षिक सुधार अन्तर्गत बन्ने भवनहरूकाे काम भएन सुरु,रकम पचाउने दाउ

राैतहट,पुस ०४ गते
राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा राष्ट्रपति श‌ैक्षिक सुधार अन्तर्गत बन्ने भवनहरूकाे काम अझै सुरू हुन सकेको छैन् । रकम पचाउने दाउ सम्बन्धित बिधालयका प्रधानाध्यापकहरू रहेको स्थानीयहरूले बताएका छन् ।

साे नगरपालिकाकाे वडा नम्बर ८ अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा तीन वटा बिधालयहरू छनाैट भएका छन् । छनाैट हुने बिधालयहरूमा श्री माध्यमिक बिधालय विजयपुर,श्री सरस्वती प्राथमिक बिधालय कट्टाटाेल र श्री प्राथमिक बिधालय बुनियाद रहेका छन् ।

ती बिधालयका प्रधानाध्यापकहरू साे याेजना अन्तर्गतका रकम स्थानीय सरकार बाट भुक्तानी लिई सकेका छन् । तर अहिले सम्म काम सुचारू गर्न सकेका छैनन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना बितिसक्दा पनि कामकाे सुरसार हुन सकेको छैन् ।

यस विषयमा फतुवा बिजयपुरका प्रधानाध्यापक तेजनारायण यादव सँग साेध्दा मावि बिजयपुरमा भवन निर्माणकाे काम सुरु भएको जानकारी गराए । तर दुई वटा प्राथमिक बिधालयहरू श्री सरस्वती प्रावि र श्री प्रावि बुनियादमा काम सुचारू हुन नसकेको स्विकार गरे । ती दुई बिधालयका प्रधानाध्यापकहरू लाई जति तागेदा गर्दा पनि भवनन निर्माणकाे काम सुरु नगरेकाे बताए । आफूले यस विषयमा पत्र लेखेर यथासिघ्र काम सुरू गर्न आग्रह गरेकाे बताए । भवन निर्माण नगरीकन रकम पचाउने दाउ प्रधानाध्यापकहरू रहेकाे स्थानीयहरूले आराेप लगाएका छन् ।