July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

कटहरिया ८ मा मस्जिद निर्माणका लागि वडा समिश विक्रम शाहले मुस्लिम समुदाय सँग गरे छलफल

आरके श्रीवास्तव,रौतहट,१६ गते कार्तिकरौतहटको कटहरिया नगरपिालिकाको एक वार्डमा मस्जिद निर्माण हुने भएको छ । सो नगरपालिकाको वडा नम्बर ८ पिप्रा पोखरिया टोलमा मस्जिद निर्माणका लागि मुस्लिम समुदाय सँग छलफल गरिएको छ । वडा अध्यक्ष समिश विक्रम शाहले सो समुदायका मानिसहरुलाइ भेला गरि बुधवार छलफल गर्नु भएको हो ।


सो टोलमा मस्जिद नहुँदा त्यस टोलका मुस्लिम समुदायका मानिसहरु अन्य गाउँमा गएर नावाज पढने बाध्यता रहेको थियो । मस्जिद निर्माण हुने भएपछि मुस्लिम समुदायका मानिसहरु हर्षित भएका छन् ।

 

मस्जिद निर्माण हुने भएपछि अब त्यो समस्या हटने भएको छ । वडा अध्यक्ष शाहको विशेष पहलमा मुस्लिम रिलिफ कतारको सहयोगमा मस्जिद निर्माण हुन लागेको हो । मस्जिद करिब ३० लाखको अनुमानित लागतमा निर्माण हुने वडा अध्यक्ष शाहले जानकारी गराएका हुन् । छलफलको क्रममा वडा अध्यक्ष शाह सँगै वडा प्रत्यासी सुखल राय यादव,उपेन्द्र यादव,टैट राय यादव,विरेन्द्र शाह ,तेजिलाल राय यादव,मेघु दास लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।