काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १८ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ३९ लाख रुपैयाँ र फाइनान्समा १ करोड १३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ ।
मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि कात्तिक २१ गते राती १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ ।
यस्तो लगानी आउँदो मंसिर २ गतेदेखि २०८० मंसिर २ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ
More Stories
असफल भईसकेका प्रधानमन्त्री ओली सत्तामा बसेर सडकबाट तमाशा गरिरहेका छन् : प्रभु साह
विश्वव्यापी बन्दै मधानी महोत्सव, मौलापुर नगरपालिकाको प्रयास सराहनीय
अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने प्रभु साहको चेतावनी