July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

देवाहीगोनाहीमा रहेको नगरस्तरीय आधारभूत अस्पतालको बारेमा भ्रामक प्रचार गरियोःवडा अध्यक्ष रामप्रवेश पटेल

रामप्रवेश बैठा,रौतहट,१६ गते

कार्तिक रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ८ मा रहेको नगरस्तरीय आधारभूत अस्पतालको बारेमा भ्रामक प्रचार गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रवेश पटेलले बताउनु भएको छ । नगर स्तरीय अस्पताल एउटा ठूलो प्रोजेक्ट हो,यो एकदिन दुइ दिनमा पुरा हुने चिज होइन् । यसमा सबै चिज व्यवस्थापन गर्न समय लाग्छ । हतारमै यसको बारेमा गलत प्रचार गर्नु ठिक होइन् । पूर्व मन्त्री प्रभु साहकै भिजन अनुसार नै यहाँ नगर अस्पताल खोलिएको बताए । तर केहि असमाजिक तत्वहरुले यसलाइ बदनाम गर्न लागि परेको अरोप लगाए ।
तत्काल सेवा दिएर जनतालाइ सहज होस भन्ने मनसायका अस्तापताल शुभारम्भ गरिएको पटेलले बताए । हाल सञ्चालमै रहेको असतालमा केहि दिन भित्र यहाँ रहेको कमीकमजोरीहरु सुधार गरि पूर्ण रुपमा सञ्चालनमा आउने र जनताले सेवा सुविधा लिन थाल्ने बताए ।
अस्पतालमा सञ्चालनमा आएपछि यहाँका जनताहरु लाइ अन्यत्र जानुपर्ने बाध्यता हटेको र यसबाट जनतालाइ प्रत्यक्ष लाभ भइरहेको ठोकुवा गरे । केहि दिनमा एमबिबिएस सहितका अस्पतालका स्टाफहरु भर्ना गरिने र यसको प्रक्रिया चलिरहेको जानकारी गराए । जनतालाइ तत्काल सेवा दिएर राहत कसरी दिन सक्निछ भन्ने उदेश्यले अस्पताल सुभारम्भ गरिएको हो । तर यसको बारेमा केहि मिडियाकर्मीहरुले गरेको भ्रामक प्रचार गलत रहेको बताउनु भएको छ ।
अस्पातालमा नेबुलाइजर,एक्सरे
मेसिन,अल्ट्रासाउण्ड,लैब,औषधी सहितको अन्य सुविधा रहेको अस्पतालका इन्चार्ज मनोज कुमार पंडितले बताउनु भयो । केहि व्यक्तीहरु आएर जे मन लाग्यो त्यो भिडियो बनाएर लगेको प्रष्ट पारे । भिडियोमा भनिएको कुराहरु गलत रहेको उनले बताए ।