मधेस मिडिया राैतहट,०१ गते कार्तिक
राैतहट क्षेत्र नम्बर १ ख प्रदेशसभाका स्वतन्त्र उम्मेदवार विवेक जयसवाल आफनाे पक्षमा मत माग्न जनताकाे घरघरमा पुग्न थालेका छन् । आज उनले आफनाे निर्वाचन क्षेत्र अन्तर्गत पर्ने गरूडा नगरपालिकाकाे वडा नम्बर १ जयनगरमा घरदैलो गरेका छन् ।
घरदैलोमा विधायक पदका स्वतन्त्र उम्मेदवार जयसवाल सँगै नेता कार्यकर्ताहरूकाे सहभागी थिए । आफूलाई जिताउन उनले जयनगरवासीलाई हार्दिक अनुराेध गरेका थिए । पार्टीका उम्मेदवारहरुको पक्षमा नभई आफनाे पक्षमा मत माग्न पुगेका थिए । जयसवालले टाेपी छाप बाट आफूलाई नै जिताउन मतदाताहरुसँग आग्रह गरेका छन् ।
जयनगरकाे मध्य टोलबाट शुरु गरेकाे घरदैलो पुरै गाउँभर नै घुमेर मतदाताकाे दर्शन गरेका थिए । उनले आफनाे उम्मेदवारीकाे पर्चा मतदाताकाे हातहातमा थमाउँदै मत मागेका थिए ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।