July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

स्वतन्त्र उम्मेदवार जयसवाल चुनाव चिह्न माछा लिएर भिड्दै

राैतहट,३० गते असाेज
राैतहट जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका यूवा नेता ओमप्रकाश जयसवालले ‘लालटेन’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले गत बुधबार जयसवालले चुनाव चिन्ह माछा प्रदान गरेको हाे ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. ३ बाट नेता ओमप्रकाश जयसवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहटमा ३ मा लामो समय देखि सामाजिक तथा राजनीतिक सेवा गर्दै आएका जयसवाललाइ पार्टी कार्यकर्ताले स्वतन्त्रमा उम्मेदवारी दिन दवाव दिएका थिए । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशका बुवा समेत रहेका जयसवाल २०७४ को प्रतिनिधि सभा चुनावमा राजपा बाट चुनाव लड्नु भएको थियो ।

जयसवालले स्वतन्त्र उम्मेदवारी दिए पक्षी रौतहट ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । सता गठबन्धन बाट माओवादीका धिरज पटेल, स्वतन्त्र उम्मेदवार प्रभु साहले गत आइतबाट उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा छन् ।