अशाेज ३० गतेप्रेमचन्द्र झा
राैतहट । मधेश प्रदेश अर्थ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले एक समारोह बिच प्रदेश लेखा ईकाई कार्यालय चन्द्रनिगाहपुरमा आईतबार ऊदघाटन गर्नु भएकोछ ।
उदघाटन समारोहलाई प्रमुख अतिथिकाे आसनबाट सम्बोधन गर्दै मातहतका कार्यालयमा वितिय अनुशासन कायम गराउन यस कार्यालयको महत्त्वपूर्ण भुमिका रहने कुरामा विश्वास दिलाउनु भयो । आर्थिक अनियमितता तथा गडबडी देखिन आएमा अख्तियारलाई समेत रिपोर्ट गर्न अर्थ सचिव ठाकुरले निर्देशन दिनु भयाे । साे प्रदेश कार्यालयका प्रमुख प्रदेश काेष नियन्त्रक नवीन दासकाे अध्यक्षतामा भएको उदघाटन समारोहमा मधेस प्रदेश लेखा नियन्त्रक राधेश्याम गिरि, नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष प्रेमचन्द्र झा, डिभिजन वन कार्यालय सर्लाहीका लेखा अधिकृतनारायण तिमल्सिना सहितका वक्ताले शुभकामना मन्तव्य प्रकट गर्नु भयाे ।साे कार्यालयले राैतहट र सर्लाही जिल्लामा मधेस प्रदेश मातहतका कार्यालयको लेखा नियन्त्रण सम्बन्धि काम सुरु गरेका छन ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय