July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आउँदो निर्वाचनमा जनता फेरी आफुलाई बहुमत दिएर विजयी गराउँछ ः मन्त्री यादव ।

ओम प्रकाश यादव
गरुडा समाचारदाता
असोज ३० गते, रौतहट ।
जसपा र नेकपा एमालेका साँझा गठबन्धनका रौतहट क्षेत्र नं १ ‘ख’ का प्रदेश सांसदका उम्मेदवार योगेन्द्र राय यादवले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसाभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनता आफुलाई फेरी दोश्रो कार्यकालका लागि पनि बहुमत दिएर विजयी गराउने दावी गरेका छन् ।
आफु यसै क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रदेश सांसदमा निर्वाचित हुँदा आफना पाँच वर्षे कार्यकालमा क्षेत्रमा थुप्रै विकास निर्माण लगाएत समाजिक कार्य गरेकोले आम मतदाताले आफुले गरेको कामको मुल्यांकन गरी फेरी आफुलाई विजयी गराउने यादवले बताए ।
क्षेत्र नं १ ‘ख’ अन्तर्गत पर्ने माधवनारायण नगरपालिका ६ माधोपुर बजारमा शनिवार चुनाव प्रचार प्रसारका लागि पार्टीको सम्पर्क कार्यालयको उद्घाटन पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री समेत रहेका प्रदेश सांसदका उम्मेदवार योगेन्द्र यादवले आफु विगत पाँच वर्षदेखी जनताको भावना र चाहना अनुकुलको विकास निर्माणको काम गर्नुको साथै जनताको हरेक सुख दुखमा पनि निरन्तर साथ दिदै आएकोले आफना पक्षमा जनताको व्यापक जनलहर रहेको हुँदा आफनो जित कसैले रोक्न नसक्ने दावी गरे ।
सोही क्षेत्रबाट सत्ता गठबन्धनको तर्फबाट प्रदेश सांसदको लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव र स्वतन्त्र उम्मेदवार राजेश चौधरीलाई लक्षित गर्दै राज्य मन्त्री यादवले भने दुई जना उम्मेदवार ठुलो व्यापारी तथा मिटर व्याजी हो, व्यापारी कहिल्यै असल राजनितिज्ञ हुन सक्दैन ।
ति दुबै जना पैसाको बलमा चुनाव जित्न खोज्दै छ, उनिहरुलाई के थाहा कि पैसाको बलमा आजसम्म नकसैले चुनाव जितेको छ न कहिल्यै जित्न सक्छ, चुनाव जित्न जनताको मन जित्नुपर्ने उनले बताए ।
पैसाको बलमा चुनाव जित्न खोज्ने व्यापारीलाई आउँदो चुनावमा जनताले आफना अवमुल्य मतबाट राम्ररी सवक सिकाउनुपर्ने उनले धारणा राखे ।
व्यापारी कहिल्यै जनताको हितमा काम गर्न नसक्ने भएको हुँदा आफु जस्ता जनताको सेवकलाई एकचोटी फेरी जिताउन उनले सबैलाई आग्रह गरे ।
सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सदस्य श्याम विहारी यादवले यसै क्षेत्रबाट विगतका दिनमा राजपाका अनिल झा, कांग्रेसका कृष्ण यादव लगाएतका कयौं नेता चुनाव जितेपनि विकासको नाममा केही पनि नगरेको तर जसपाका योगेन्द्र यादव प्रदेश सांसदमा निर्वाचित हुँदा क्षेत्रमा विकासको सवालमा कयापल्ट नै गरेकोले योगेन्द्र यादवले फेरी चुनाव जित्नुको विकल्प नरहेको बताए ।
कार्यक्रममा संघीय परिसद सदस्य राम निवास यादव, जसपाका मधेश प्रदेश सदस्य विरेन्द्र यादव, नेता राजिव यादव, संजिव यादव, तपेन्द्र यादव, रामअज्ञा यादव लगाएतका नेताहरुले आ आफना मन्तव्य राखेका थिए ।