July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

सिरहामा सडक दुर्घटना हुँदा सप्तरीका एकै परिवारका ३ जनाको मृत्यु,गाउँ नै शोकमा

 

लहान पुस २ गते। सिरहामा सवारी दुर्घटना हुदा सप्तरीका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा विहिवार दिउँसो भएको दुर्घटनामा बलान विहुल गाउँपालिका–२ दिघियाका ६० वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ८ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
यी तीन जना सहित चार जना प्रदेश २-०१-००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ क २६२ नम्बरको टिपरले ठक्कर दिदा ३जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
टिपर र चालक नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन् ।
एकै परिवारका तीन जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष बिरेन्द्र गोइतले बताए । उनले भने, ‘अहिले उनको परिवारमा रुवाबासी चलेको छ । गाउँ शोकमा डुबेका छन् ।
मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको छ। एकै पटक तीनै जनाको संस्कार गरिने बुझिएको छ । पछिल्लो समय प्रदेश न २ का जिल्लाहरुमा सवारी दुर्घटनाहरु बढेको छ ।