किसन साह ,१ गते सर्लाही
सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिया टोलका जोगी महराकी ३ वर्षीया छोरी सुगन्धी महरा र ५ वर्षीया छोरी लक्ष्मी महराको जलेर ज्यान गएको हो । रातीको करिब ९ बजे जोगीकी श्रीमती तीनछोरीसहित घरमा सुतिरहेको बेला अचानक घुर को आगो बाट आगलागी भएको थियो ।आर्थिक अवस्था दयनीयको कारण जाडो छल्न जोगीकी श्रीमती तीनछोरीसहित पराल ओछ्याएर सुतेकी थिइन् । आगो लगे को अनुभव भए लगत्तै एक छोरीलाई लिएर भागिन् । तर, चिच्याउन बाहेक केहि बोल्न नसक्दा कसैलाई भित्र दुई छोरी छ भन्ने जानकारी भएन । केहि बेरपछि उनले आफ्नो दुई छोरी समेत सोहि घरमा सुतेको भन्दा स्थानीयले बचाउने प्रयास गरे । तर उनीहरुको शरीरका अधिर्कांश भाग जलिसकेको थियो ।
गम्भीर अवस्थामा उद्धार गरेका दुई छोरीलाई तत्कालै उपचारको लागि मलंगवा अस्पताल लगियो । त्यहाँ एक छोरीको र त्यहाँबाट रेफर गरेर काठमाडौं लग्ने क्रममा अर्की छोरीको नवलपुरमा मृत्यु भएको वडाध्यक्ष यादवले बताए । दुबै बालिकाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्वा मा राखिएको र घटना षियमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ
More Stories
पर्साबाट केन्द्रीय सरकारमा रहेका तीन मन्त्रीसंग आजपाको प्रश्न, ‘बिरगंजको बिकासका लागि तपाईहरुले के गर्नुभयो ?’र
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न