July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहट को फतुवा बिजयपुरको शिक्षा शाखामा गरियो तालाबन्दी

रामप्रवेश बैठा,रौतहट,पौष ०२ गते
फतुवा बिजयपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिका गएको साउन महिनायताको तलब नखुवाएको भन्दै शिक्षकहरूले तालाबन्दी गरेका छन् । शुक्रवार सो नगरपालिकाको शिक्षा शाखामा शिक्षकहरुले तालाबन्दी गरेका हुन् ।
उक्त पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले साउन महिनायता देखिको तलब पालिकाबाट निकासा नभएको बताएका छन् ।
‘शिक्षा ऐनमा शिक्षकहरूलाई मासिक रूपमा तलब दिनुपर्ने व्यवस्था छ, तर हामीले साउन महिनायता तलब पाएका छैनौं’ फतुवा बिजयपुर स्थित माध्यमिक विद्यालयका टेंग्राहाका शिक्षक राजेश यादवले भन्नुभयो ‘छ महिना देखिको तलब रोकिँदा गर्जो टार्न र घर व्यवहार चलाउन सकस भएको छ ।’मासिक रूपमा पाउनुपर्ने तलब समयमा नपाउँदा समस्या भएको शिक्षक यादवले बताउनु भयो ।

केहि शिक्षकहरुको तलब निकासा गरिएको र केहि शिक्षकहरुको बाँकी रहेकोले तुरुन्तै वहाँहरुको पनि तलब निकासा गरिने फतुवा बिजयपुर नगरपालिका शिक्षा शाखाका प्रमुख हरेन्द्र यादवले बताउनु भयो ।
फतुवा बिजयपुरको बिधालय कर्मचारी,बालविकास,बिधालय सहयोगीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार तालाबन्दी गरेको बताएका छन् । उनीहरुले नेपाल सरकारको निर्णय अनुसार आफूहरुले तलब पाउनु पर्ने माग गरेका छन् । स्थानिय तह बाट आफूहरुको तलब नबढाए सम्म आन्दोलन निरन्तर जारी रह्ने बताए । केन्द्रिय सरकारले भने पनि स्थानिय सरकारले बेवास्था गरेको भन्दै शिक्षकहरुले गुणासो गरे । फतुवा बिजयपुर नगरपालिकाको ३२ वटा बिधालयमा करिब २ सय भन्दा बढी शिक्षकहरु कार्यरत रहेका छन् ।