July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक

मधेश खबर असोज १९ गते

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको कार्यक्रमअनुसार २३ असोज आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ ।ची सार्वजनिक भएपछि उम्मेदवारको विरोधमा उजुरी दिन २४ असोज सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ । त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने प्रक्रिया सुरू हुनेछ ।

यसका लागि निर्वाचन आयोगले २४ असोजको अपराह्न ३ बजेदेखि २५ गते अपराह्न ५ बजेसम्मको समय निर्धारण गरेको छ । जाँचबुझ गरी निर्णय गरेपछि २५ असोजको अपराह्न ५ देखि साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यसपछि २६ असोजको बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन समय तोकिएको छ । यसअनुसार २६ असोजको दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ । सम्भार न्याय पत्रिका