July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको बृन्दावनको नयाँ कार्यालय प्रमुख भुजेललाइ मेयर कुर्मीले गरे स्वागत

रौतहट । ०६ गते असार २०७९

रौतहट जिल्लामा एकै दिन दुइ पालिकामा कार्यालय प्रमुख परिवर्तन गरिएको छ । जिल्लाको गौर नगरपालिका पछि बृन्दावन नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । बृन्दावन नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको रुपमा पाएका हो ।
आज सोमवारका दिन हाजिर हुनु भएका भुजेललाइ नगर प्रमुख बिनोद प्रसाद कुर्मीले भव्य स्वागत गरेका छन् । टिका माला लगाइ वहाँलाइ कार्यालयमा हाजिर गराइएको हो । बृन्दावन नगरपालिकाको कार्यालय विश्रामपुरमा पुगेका हाकिम भुजेललाइ नगर प्रमुख कुर्मी सहित अन्य व्यतीहरुले पनि स्वागत गरेका छन् ।
बृन्दावन नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत भुजेलको पहिलो पटकको आगमन रहेको छ । यस अघि वहाँ जिल्लाको इशनाथ नगरपालिकामा कार्यरत हुनु हुन्थ्यो । यस अघिका कार्यालय प्रमुख नागेन्द्र यादवको ठाउँमा भुजेल आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् ।