July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गौर नगरपालिकामा नयाँ हाकिमको रुपमा सिकिन्द्र साह

रौतहट । ०६ गते असार २०७९
रौतहटको सबैभन्दा पुरानो नगरपालिका गौर नगरपालिकामा हाकिम परिवर्तन गरिएको छ । सो नगरपालिकामा नयाँ हाकिम हाजिर भएका हुन् । ईशनाथ नगरपालिकाले नयाँ कार्यालय प्रमुखमा प्रशासकीय अधिकृत सिकिन्द्र साहको रुपमा पाएका हो ।
आज सोमवारका दिन हाजिर हुनु भएका साहलाइ नगर प्रमुख शम्भु साहले भव्य स्वागत गरेका छन् । टिका माला लगाइ वहाँलाइ कार्यालयमा हाजिर गराइएको हो । गौर नगरपालिकाको कार्यालय गौरमा पुगेका हाकिम साहलाइ नगर प्रमुख साहा सहित अन्य व्यतीहरुले पनि स्वागत गरेका छन् ।
ईशनाथ नगरपालिकाका लागि प्रमुख प्रशासकीय अधिकृत साहको पहिलो पटकको आगमन रहेको छ । यस अघिका कार्यालय प्रमुख सुभाष ठाकुरको ठाउँमा साह आएपछि स्थानिय जनतामा कौतुहलता रहे पनि जनताको सेवामा कुनै कमिकमजोरी नहोस भनि नगरवासीले अपेक्षा राखेका छन् । रौतहटको स्थानिय तहमा हाकिम परिवर्तनको शिलशिला सुरु भएको छ ।
यसैबिच आजै कार्यभार सम्हाल्नु भएका प्रमुख प्रशासकिय अधिकृत साहले पालिकाका कर्मचारीहरु सँग कार्यालय सञ्चालनको विषयमा छलफल समेत गर्नु भएको छ ।