राैतहट,०३ गते असार
रौतहटको माधव नारायण नगरपालिकामा पहिलो झुलुङ्गे पुल निर्माण हुने भएको छ । नगर प्रमुख बैजनाथ प्रसाद यादव उर्फ बैजु यादव आफ्नो कार्यभार सम्हाल्ने बितिकै आफूले जनताको माझमा गरेका प्रतिबद्धता अनुसार काम गर्न सुुरु गरिसकेका छन ।
चुनावी प्रतिबद्धता अनुसार मेयर यादवले माधव नारायण नगरपालिका ३ मा अवस्थित भेल्हीको कमदेही खोलामा नगरपालिका कै पहिलो झुलुङ्गे पुलको शिलान्यास गरेका छन्। माधव नारायण नगरपालिकाका जनताले लामो समयदेखि नै झुलुङ्गे पुलको माग गरे पनि निवर्तमान मेयर विरेन्द्र प्रसाद यादव कुनै चासो देखाएको थिएन । तर नवनिर्वाचित नगरप्रमुख बैजु यादव जनताको माग तथा आवश्यकता अनुसारको कामको सुरुवात गर्नुभएको छ । । विगत ५ वर्ष देखि पूर्व मेयरसँग आशा राख्दा पनि झुलुङ्गे पुलको कुनै प्रक्रिया अगाडि नबढाएको तर एक महिना नबितिसक्दा वर्तमान मेयरले झुलुङ्गे पुलको शिलान्यास गरेको हेर्दा नगरवासी खुशी व्यक्त गरेका छन । आउने एक महिना भित्र पुल निर्माण भई संचालनमा आउने नगरप्रमुख यादवले रौतहट सन्देश डटकमलाई जानकारी गराएका छन
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान