July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिकाे निर्देशनमा सन्तपुरमा व्यवसायी माथि सांघातिक आक्रमण

राैतहट,०१ गते असार २०७९
राैतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत फतुवा विजयपुरमा पछिल्ला दिनमा ब्यवसायी माथि आक्रमण तथा आगजनीकाे घटना बढ्दै गएको छ । यस किसिमका घटना एक पछि अर्को दोहोरिँदै जानुले उक्त क्षेत्रको शान्ति सुरक्षाको अवस्थाप्रति नै गंभिर चुनौति खडा गरेको छ ।
फतुवा विजयपुरको सन्तपुरमा एक जना व्यवसायी माथि आक्रमण भएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ सन्तपुर चाैक स्थित रहेको कृषक बिज भण्डारका सन्चालक प्रमाेद राउत र उनकाे परिवार माथि आक्रमण भएको हो । घटनामा व्यवसायीका बुवा रघुविर राउतकाे खुट्टा र भाइ माेहित राउत कुर्मीको हात क्रेक भएको छ । उनको स्थानीय क्लिनिकमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।
माटाे खन्ने विषयलाई लिएर मंगलबार दिउँसो व्यवसायीका भाइ माेहित र स्थानीय अब्जल अन्सारी बिच विवाद भई हातपात समेत भएको थियाे । पछि त्याे विषय साम्य भएको थियाे ।
व्यवसायी प्रमाेद राउतका अनुसार त्यही रिसिबी लाई लिएर राति १० करिब ६०-७० जनाकाे समूहमा आएर आफनाे पसल र घरमाथी आक्रमण गरेकाे बताए । एक्कासि ढुंगामुढा गर्न थालेपछि सपरिवार जसरी त्यसरी ज्यान बचाउन सफल भए । आक्रमणमा परि बुवा र भाइ घाईते भएको बताए । आफूहरूकाे घरमाथि आक्रमण भईरहँदा स्थानीय जनप्रतिनिधि लाई खबर गर्दा काेई आउनु भएन । प्रशासन आएपछि बल्ल हाम्रो ज्यान जाेगियाे । यस विषयमा प्रहरीमा आफूले उजुरी दिईसकेको उनले बताए ।
यस विषयमा ईलाका प्रहरी कार्यालय फतुवा विजयपुरका ईन्सपेक्टर सुरेन्द्र धमला सँग साेध्दा ईप्रका सन्तपुरले स्थिति नियन्त्रणमा लिन नसकेपछि विजयपुर बाट थप टाेली पुगेर व्यवसायीलाई बचाउ गरेकाे बताए । प्रहरी पुगेर ठूलाे दुर्घटना हुन बाट जाेगियाे । यस विषयमा छलफल गर्न दुबै पक्षलाई असार ११ गतेकाे समय दिएकाे धमलाले बताए ।
स्मरणीय हाेस् यस अघि पनि फतुवा विजयपुर नपा १ गम्हरिया लालबकैया घाटमा रहेकाे एक जना हाेटेल व्यवसायीकाे हाेटेलमा अज्ञात समूहले आगाे लगाई दिएकाे घटना बाहिर आएकाे थियाे । पछिल्लो समय उक्त क्षेत्रमा व्यवसायी माथिकाे आक्रमणकाे घटना बढेकाे छ ।
घटनाकाे विषयमा एमालेका मेयर प्रत्यासी बिजय यादव निर्विजले सन्तपुरमा नेपाली कांग्रेस पार्टी बाट निर्वाचित जनप्रतिनिधिकै निर्देशनमा उक्त घटना घटेकाे आराेप लगाउनु भएको छ । साथै घटनाको घोर निन्दा गर्दै घटनामा संलग्न दोषी-अपराधीहरु जोसुकै भएतापनि निजलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कारवाही गर्न गृह प्रशासनसंग जोडदार माग समेत गर्नु भएको छ ।