July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको गढीमाइको कार्यपालिका सदस्यमा काँग्रेस र लोसपाको उम्मेदवार निर्वाचित

रामप्रवेश बैठा रौतहट,२०७९ जेठ २२ गते
रौतहट । रौतहट जिल्लाको गढीमाइ नगरपालिकामा कार्यपालिका सदस्यको लागि निर्वाचन सम्पन्न भएको छ । कार्यपालिका सदस्यको निर्वाचनमा नेपाली काँग्रेस र लोसपा बिच गठबन्धन भएको नगरप्रमुख श्याम यादवले जानकारी गराउनु भयो । नेपाली काँग्रेस र लोसपाका उम्मेदवारहरु नै निर्वाचित भएका छन् ।
गढीमाइ नगरपालिकाको कार्यपालिका सदस्यमा काँग्रेसको ६ जना र लोसपाको २ जना उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गढीमाइले जनाएको छ ।
गढीमाइ नगरपालिकामा महिला नगर कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा लोसपाकी सोमरीया देवी,काँग्रेसका बिजुलबती देवी,रहाना खातुन,शारदा देवी,प्रमपती देवी रहेका छन् ।
यता दलित तथा अल्पसङ्ख्यकमा लोसपाका रामकिशोर साह,काँग्रेसका रामअधार राम,अमिरी बैठाले उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएका छन् । सबै निर्वाचित कार्यपालिका सदस्यहरुलाइ निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।