रौतहट,२०७९ जेठ २२ गते
रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकामा कार्यपालिका सदस्यको लागि निर्वाचन सम्पन्न भएको छ । कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमाले,नेपाली काँग्रेस र जसपाका उम्मेदवारहरु सहभागी भएका थिए । नेपाली काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् ।
फतुवाविजयपुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना नेपाली काँग्रेस उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय फतुवाविजयपुरले जनाएको छ ।
फतुवाविजयपुर नगरपालिकामा महिला नगर कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरुमा पार्वती देवी,मंगली कुमारी कालीकोटे,सिकिलिया देवी बिनिन,महापती देवी,भदिया देवी माझी रहेका छन् ।
यता दलित तथा अल्पसङ्ख्यकमा उमाशंकर साह कलवार,कामेश्वर प्रसाद कुम्हार,जयराम साह कानुले उम्मेदवारी दिएका थिए । सबै सदस्य निर्वाचित भएका छन् । सबै निर्वाचित कार्यपालिका सदस्यहरुलाइ निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय