रौतहट,०९ जेठ २०७९
रौतहटको कटहरिया नगरपालिका ३ मा कृषिमा विशेष जोड दिने घोषणा गरिएको छ । वडावासीको हितलाई मध्यनजर गर्दै नव निर्वाचित वडाध्यक्ष श्यामाकान्त यादवले यो प्राथमिताको विषय भएको बताए ।
आज सोमवार पहिलो कार्यकालको लागि पदभार ग्रहण पछि पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भयो । मलाइ जनताले जुन जिम्मेवारी दिएको छ । त्यसमा म खरा उत्रिने प्रयास गर्ने घोषणा गर्दछु । सबैको साथ सहयोग लिएर अगाडी बढने प्रतिबद्धता समेत गर्नु भयो ।
सो अवसरमा नव निर्वाचित वडा सदस्यहरु दिलिप कुमार साह तेली,रामझा साह सोनार, ,शान्ति कुमारी,रेखा कुमारी राम लगायत भद्रभलादमी,बुद्धिजिवी,स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान