राम प्रबेश बैठा रौतहट,०९ जेठ २०७९
रौतहटको कटहरिया नगरपालिका १ मा वडा वासीलाई निःशुल्क विधुत सेवा प्रदान गर्ने घोषणा गरिएको छ । वडावासीको हितलाई मध्यनजर गर्दै निःशुल्क विधुत सेवा व्यवस्था गरिने नव निर्वाचित वडाध्यक्ष भूपेन्द्र महतोले बताए ।
आज सोमवार पहिलो कार्यकालको लागि पदभार ग्रहण पछि पत्रकारहरु सँग कुराकानी गर्दै वहाँले यस्तो बताउनु भयो । मलाइ जनताले जुन जिम्मेवारी दिएको छ । त्यसमा म खरा उत्रिने प्रयास गर्ने घोषणा गर्नु भयो । वडा सदस्यहरुको साथ सहयोग लिएर अगाडी बढने प्रतिबद्धता गर्नु भयो ।
सो अवसरमा वडा सचिव शंकर यादव सहित नव निर्वाचित वडा सदस्यहरु सतलाल दास,सुरेश राय यादव,शान्ति कुमारी,रेखा कुमारी राम लगायत भद्रभलादमी,बुद्धिजिवी,स्थानिय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय