रौतहट, बैशाख ३ गते ।
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिकाले सडक पक्कीकरण गर्ने कार्यलाई प्राथमिकता दिएकाे छ । साेहि अनुसार नगरपालिकाकाे वडा नम्बर ४ बलिरामपुर टाेलमा सडक ढलान कार्य धमाधम भईरहेकाे छ ।
कटहरिया नगरपालिका वडा नम्बर ४ काे याेजना बाट ५ लाख रुपैयाँको लागतमा उक्त ढलान कार्य भईरहेकाे छ ।
वडा अध्यक्ष चन्दन कुमार कुशवाहाको वडाभरि नै पक्की करण गर्ने याेजना अन्तर्गत ढलान कार्य भईरहेकाे छ ।
गत चैत महिनाको ३० गतेदेखि ७५ मिटर सडक ढलान कार्य सुरु भएको तथा आज (शनिबार) सम्पन्न हुने ठेकेदार लालबाबु दासले बताएका छन् ।
सो सडक ढलान कार्यकाे आज वडा अध्यक्ष कुशवाहा,यूवा नेता श्याम यादव लगायत जनप्रतिनिधिहरु,स्थानिय भद्रभलादमीहरू तथा संचारकर्मीहरु लगायतका टोलीले अनुगमन समेत गरेकाे थियाे ।
More Stories
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय
रौतहटमा महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान