July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको कटहरिया वाड नं ८ मा किसान,युवा र दलित कमिटि गठन

आरके श्रीवास्तव, रौतहट, बैशाख ३ गते ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको बलुवा टोलमा नेकपा एमालेको विभिन्न जनवर्गीय संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । कटहरियाको नगर प्रवक्ता तथा वडा नम्बर ४ को वडा अध्यक्ष चन्दनकुमार कुशवाहाको सभाध्यक्षतामा भएको कार्यक्रममा युवा कमिटी , दलित संगठन र किसान संगठन समिति गरि तीन वटा समिति गठन भएको हो । एमालेका वडा ईन्चार्ज भिखारी पंण्डितकाे सक्रियतामा जनवर्गीय संगठन विस्तार भएको छ ।
साे भेलाबाट वडा स्तरीय किसान कमिटीको अध्यक्ष पदमा रामदेव यादव (पिप्रा पोखरिया) सर्व सहमत रुपमा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा राम इश्वर यादव, सचिवमा राकेश यादव, सह सचिवमा विरोधी पंडित र सह सचिवमा राम विलास राय यादव सर्व सहमत रुपमा चयन भएका छन् भने सदस्यहरुमा रुप नारायण यादव, सुनर साह तेली, महादेव दास र मेघु राम सहित ३१ जना चयन भएका छन् ।
त्यस्तै वडा नम्बर ८ को वडा स्तरिय युवा संगठनको अध्यक्षमा मुना मिश्रा सर्व सहमत चयन भएका छन् । भने उपाध्यक्षमा राम इश्वर साह, सचिवमा दिनेस दास, सह सचिवमा गोपाल यादव, सह सचिवमा साजन जयसवाल र सह सचिवमा रविन्द्र यादव सर्व सहमत रुपमा चयन भएका छन् ।

यस्तै सलोचन महरा, राम बाबु राम, रामबाबु यादव, राम मंगल यादव, जितेन्द्र दास, अजय यादव, रमेश पंडित, दिपेन्द्र ठाकुर, राम निवास यादव, रविन्द्र दास, श्रीप्रसाद यादव सहित ३१ जना सदस्यहरु चयन भएका छन् ।

यस्तै वडा स्तरिय दलित कमिटिको अध्यक्ष पदमा हृदय नारायण पसवान सर्व सहमत रुपमा चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा रामबालक दास, सचिवमा विक्रम दास, सह सचिवमा दिनेश दास र सह सचिवमा जय लाल दास सर्व सहमत रुपमा चयन भएका छन् । भने सदस्यहरुमा राधे श्याम पासवान, रामु महरा, रेखा हजरा, प्रदिप दास, टैट राम, राम चन्द्र ठाकुर, उपेन्द्र माली, सुरेन्द्र दास, संजय दाससहित ३१ जना चयन भएका छन् ।

कार्यक्रममा कटहरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष तथा नेकपा एमालेको प्रदेश कमिटि सदस्य एवम् नगर प्रवक्ता चन्दनकुमार कुशवाहा र याेगेन्द्र साहले सर्व सहमत रुपमा चयन हुनु भएका सबैलाई टिका लगाएर शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य योगेन्द्र साह, नेकपा एमालेका नेता बिनाेद साह,जिल्ला कमिटी सदस्य हेमप्रसाद साह , नगर कमिटी उपाध्यक्ष शंकर यादव जनप्रतिनिधिहरु तथा स्थानीय बासिहरू लगायतको उपस्थिति रहेको थियो ।