रौतहट फाल्गुन १९ गते
प्रेमचन्द्र झा
राैतहट ।ईशनाथ नगरपालिका वडा नम्बर ९ डुमरिया स्थित जना माध्यमिक विधालयमा विहिवार भएको अभिभावक भेलाले विधालय व्यवस्थापन समितिकाकाे अध्यक्षमा बुनिलाल कुशवाहालाई सर्व सम्मत रुपले निर्वाचित गरेका छन ।सो व्यवस्थापन समितीको सदस्यमा मुक्ति देवी देवी , माे अताउल्लाह , माधुरी देवी , लक्षमण साह भिक्षु महतो ,वडा अध्यक्ष रामबाबु यादव र सदस्य सचिवमा प्रधानाध्यापक दिपक कुमार मेहता रहेका छन ।
साे भेलामा नगर प्रमुख श्रीमती कौशल्या देवीकाे अध्यक्षता भएको भेलामा नगर उपप्रमुख मो. परवेज आलम ,साे वडाका अध्यक्ष रामबाबु यादव सहित अभिभावक , बुद्धिजीवी, शिक्षक उपस्थितिमा विद्यालय व्यवस्थापन समितिकाे गठन गरिएको हाे | सर्वसहमतिले बिद्यालय ब्यवस्थापन समिति गठन भएको वडा अध्यक्ष यादवले जानकारी दिनु भयाे। सर्वसहमतिले व्यवस्थापन समिति निर्वाचित भएकोमा नगर प्रमुख काैशल्या देवी सिन्हाले सम्पुर्ण अभिभावकलाई धन्यवाद तथा नव निर्वाचित विधालय व्यवस्थापनका पदाधिकारीलाई बधाई दिदै कार्यकाल पुर्ण सफलताको कामना गर्नु भयो ।
More Stories
मौलापुर नगरपालिकामा एचपीभी खोपसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
निजगढ अन्तर्राष्ट्रिय विमान स्थलकाे एयर रुटलाई लिएर विवाद खडा नगर्न पुर्ब प्रधान मन्त्री माधव नेपालले भारत सरकारसंग गरे अनुराेध
पोखराबाट प्रभु साहको गर्जन, ‘प्रधानमन्त्रीज्यू तपाई पोखराको पर्यटकीय विकासका लागि के गर्नुभयो ?’