काठमाडौं १८ गते माघ
आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको बलमा संसदको हुर्मत लिएको टिप्पणी गरेका छन् । ओलीलाई संसदमाथि विश्वास नभएको बताउदै उनले अध्यादेशमार्फत मुलुक अगाडी बढन नसक्ने बताए ।
आजबाट शुरु भएको संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै वर्तमान सरकार जनादेश विपरित काम गरिहेको बताए । लोकतन्त्र र जनताको हितविपरित काम गरिरहेको सरकार पूर्णरुपमा असफल भएको उनले बताए ।
‘प्रधानमन्त्रीले भन्नुभयो यो संसद्ले कामै गरेन । म सोध्न चाहन्छु–संसद्को सबै पद त तपाईंहरुले बाँडफाँट गर्नुभयो, तपाईंहरुले आफ्नो पकेटबाट सभामुख, उपसभामुख बनाउनुभयो, सांसदहरुको भागबण्डा पनि तपाईंहरुले लगाउनुभयो, दुई तिहाईको उपस्थिति पनि तपाईंहरुकै छ, अनि संसद्ले काम गरेन भनेर यहाँ आएर संसद्को हुर्मत लिनुहुन्छ ? यो मिल्छ कि मिल्दैन नैतिकताले ? म सोध्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने ।
अहिलेको सरकारको जन्म नै मध्यरातमा भएकोले अहिले नेपाली समाज अन्धकारमा परेको टिप्पणी समेत साहले गरे । उनले अहिलेको सरकारले अँध्यारो सुरूङमार्गमा देशलाई छिराउने काम गरेको आरोप लगाए ।
उनले विपरित पक्षहरु मिलेर बनेको सरकारलाई लोकतन्त्र भन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न सोधे । उनले भने, ‘विधि र विधानलाई नमान्ने सरकारलाई लोकतन्त्र भन्न मिल्छ ? संसद्बाट डराउनेलाई लोकतन्त्र भन्छ ? अध्यादेशको बाटोबाट हिँड्नेलाई लोकतन्त्र भन्छ ? तपाईं कस्तो लोकतन्त्रको अभ्यास गर्दै हुनुहुन्छ ?’ उनले प्रधानमन्त्री ओलीलाई क्याविनेटका निर्णयमाथि भ्रष्टाचारको छानबिनको लागि किन तयार नभएको भनेरपनि प्रश्न गरे ।
उनले अहिले भ्रष्टाचार दिनदिनै बढिरहेको बताए । प्रधानमन्त्री ओलीको नाम जोडिएका विभिन्न भ्रष्टाचारका काण्डको छानबिन गर्नपनि उनले माग गरे । उनले अहिलेको सरकार बलियो भएको भए प्रधानमन्त्रीले किन सरकार ढल्दैन भनेर हप्तैपिच्छे भाषण गर्नुपर्यो र यति महिनापछि सरकार छोड्छु भन्नुपर्यो भन्दै प्रश्न गरे । उनले यो सरकार गठन भएपछि अन्तर्राष्ट्रिय सम्बन्ध पुरै विथोलिएको आरोप लगाए ।
भ्रष्टाचार बढदै गईरहको बताउदै उनल गिरीबन्दु टि–स्टिेट, वाईडवडी, नक्कली भटानी शरणार्थी लगायतका भ्रष्टाचारमा प्रधानमन्त्रीकै नाम जोडिए पनि छानबिन किन भएको भन्दै उनले प्रश्न गरे ।
More Stories
श्रमिकको न्यूनतम तलब २८ हजार हुनुपर्ने माग गर्दै श्रममन्त्रीलाई फेडरेशनको ध्यानाकर्षण पत्र
पुर्वमन्त्री प्रभु साहको प्रश्न : न्यायालयको विकृति हटाउनुपर्छ भन्नु अपराध हो ?
मन्त्री गुप्तालाई बदनाम गराउदै हाकिम गुप्ता ,गोप्य टेन्डरको अड्डा बन्यो रौतहटको ईशनाथ ।