July 25, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

रौतहटको फतुवा बिजयपुर न पा ११गर्जामा जसपाकाे वडा स्तरीय भेला सम्पन्न

रौतहट मधेश खबर चैत १९ गते
राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकामा जनता समाजवादी पार्टीकाे वडा स्तरीय भेला सम्पन्न भएको छ । आसन्न स्थानीय तहकाे निर्वाचन लाई लक्षित गर्दै जसपाले आफनाे कार्यक्रमलाई तिर्व्रता दिएकाे हाे । साे नगरपालिकाकाे वडा नम्बर ११ गर्जा बजारमा वडा भेला बाेलाईएकाे थियाे । साे वडा अन्तर्गत पर्ने हिमालीबाँस, रांगी ,गर्जा,भैसहि,बुटवा र अकाेनवा सहितकाे गाउँका जसपाका कार्यकर्ताहरूकाे भेला भएका थिए । संघियता,सुशासन,समृद्धि समाजवाद भन्ने नाराका साथ गठित जसपा अहिले चुनावी माहौल बनाउन घरघरमा पुगन थालेको छ ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहिदहरूकाे सम्झनामा एक मिनेट माैन धारण गरिएको थियाे । शनिबार सम्पन्न वडा स्तरीय भेलाकाे अध्यक्षता पूर्व गाबिस अध्यक्ष रामनारायण चाैधरीले गर्नु भएको थियाे । भने प्रमुख अतिथिकाे रूपमा जसपाका केन्द्रीय सदस्य विन्देश्वर राय यादव रह्नु भएको थियाे । साे कार्यक्रमकाे विशिष्ट अतिथिकाे रूपमा जसपाकाे जिल्ला सचिव मेयर प्रत्यासी अमृलाल चाैधरी,मेयर प्रत्यासी अजय यादव रह्नु भएको थियाे । कार्यक्रम सञ्चालन जसपाका मधेस प्रदेश कमिटी सदस्य एवम् यूवा नेता बिजय चाैधरीले गर्नु भएकाे थियाे ।
प्रमुख अतिथि जसपाका केन्द्रीय सदस्य विन्देश्वर राय यादवले कार्यक्रममा बाेल्दै भिजन नभएको मेयरका कारण नगरवासी लाई दुःख भाेग्नु भन्दै आगामी स्थानीय तहमा जसपालाई नेतृत्व सुम्पीन आग्रह गर्नु भयाे । शिक्षा,स्वास्थ्य र कृषिमा जसपाकाे विशेष जाेड हुने वहाँले आसवासन दिनु भयाे ।
कार्यक्रम लाई सम्बाेधन गर्दै वडाध्यक्ष ज्ञानेन्द्र चाैधरीले भने आफ्नो ५ वर्षकाे कार्यकालमा जनताकाे अपेक्षा अनुसार काम गर्न नसकेको पनि अधिकांश ठाउँमा विकास निर्माणकाे कामलाई राम्रो ढंगले बढाएको भन्दै आगामी स्थानीय तहकाे निर्वाचनमा आफूलाई नै जिताउन वडावासीहरू लाई आग्रह गर्नु भयाे ।
त्यस्तै कार्यक्रममा बाेल्दै यूवा नेता बिजय चाैधरीले भने ,जसपा प्रादेशिक पार्टी नभए राष्ट्रिय पार्टीकाे रूपमा स्थापित भई सकेको बताउनु भयाे । त्यसैले आसन्न स्थानीय तहकाे निर्वाचनमा जसपालाई नै राेज्न आग्रह गर्नु भयाे ।

साे अवसरमा वडा नम्बर ११ का वडाध्यक्ष ज्ञानेन्द्र चाैधरी ,जसापका कार्यकारिणी सदस्य स्वर्ण लामा, रामाकान्त प्रसाद यादव ,वडा सदस्य नन्दलाल चाैधरी ,रामप्रवेश राय ,रामाकान्त यादव, केदार दाहाल सहितका जसपा नेता कार्यकर्ताहरूकाे भव्य रूपमा उपस्थिति रहेकाे यूवा नेता बिजय चाैधरीले जानकारी गराउनु भएको हाे ।
वडा भेला बाट सिताराम चाैधरी अध्यक्षतामा नयाँ वडा कमिटी गठन गरिएको छ । गठिक वडा कमिटीकाे उपध्यक्षमा पाण्डव जिगरी,तेजनारायण चाैधरी सचिवमा दिपलाल चाैधरी ,काेषाध्यक्ष जितनी देवी थरूनि सह सचिव जाेखन चाैधरी, सदस्य दयानन्द चाैधरी सहितका व्यक्तिहरू चुनिएका छन् ।