July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

आफ्नो गाउँलाई स्वर्ग बनाउने मेरो सपना कि नर्क तपाई कै हाथमा छः युवा नेता हेमप्रसाद सा

रौतहट मधेश खबर चैत्र १६ गते

रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको पिप्रा पोखरीया र बलुवामा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा भावि वडा अध्यक्ष पदको उमेदवार हेमप्रसाद साहले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । आज विहान पत्रकार सम्मेलन आयोजना गरि चुनावमा आफ्नो उम्मेद्धारी बारे प्रष्टयाउदै आफ्नो चुनावी एजेन्डाहरु सार्वजनिक गरेका हुन् ।
“हाम्रो गाउँलाई स्वर्ग बनाउने कि नर्क तपाई कै हाथमा छ” उनको उनाई छ । “मैले आफ्नो गाउँको बारेमा धेरै विकासको कुराहरु सोचेको र सपनाहरु देखेको छु । तर, त्यसको चाभि जनता संग रहेको उनले बताए । उनले एक पटक म माथि विश्वास गरेर साथ दिनको लागि अनुरोध गरेका छन् ।

उनले सो कार्यक्रममा करिब ३० वटा चुनावी एजेन्डा सार्वजनिक गरेको थिए । गाउँ विकासका लागि शिक्षा, स्वास्थ्य, कृषि, निःशुल्क शिक्षा, निःशुल्क बिजली बति, महिला सिप, भ्रष्टाचार र अपराधको अन्त्य, कच्ची सडक मुक्त गाउँ, खेलकुद, पर्यावरण संस्कृति, आध्यात्मिक शिक्षा लगायतको क्षेत्रमा विशेष रुपमा काम गर्ने उनले बताए ।
मेरो उम्मेद्धारी तपाईहरुको लागि रहेको छ । म यो क्षेत्रमा राजनीति गर्न आएको हैन्, विकासको सपना बोकेर आएको हो । आशा छ कि यो कार्यमा तपाई सबैको साथ र सहयोग रुहने छ । साथै म बोलेर हैन गरेर देखाउने कुरामा विश्वास राख्ने गर्दछु एक पटक विश्वास गर्न सबैलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले कटहरिया ८ का ईन्चार्ज भिखारी पंडित, गाउँ बासिहरु लगायत जनप्रतिनिधिहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।