July 27, 2024

Madhesh Khabar

मधेशको न.१ मेडिया हजुरको हरपलको साथमा – मधेश खबर

इशनाथमा मेयर मेहताको सर्हानिय कार्य एकै दिन चार वटा योजनाको उदघाटन र शिलान्यास

गाैर ,मधेश खबर चैत १६ गते
रौतहट जिल्लाको दक्षिणी भेग ईशनाथ नगरपालिकामा एकै दिन तिन वटा योजनाको उदघाटन र एउटा योजनाको शिलान्यास गरिएको छ । आधारभूत स्वास्थ्य भवन,पुस्तकालय भवन र बाबा इशनाथ कम्पलेक्स भवन एकै साथ बुधवार उदघाटन गरिएको छ । त्यस्तै इशनाथ बाबा मन्दिर प्रांगनमा धर्मशाला भवन निर्माणको लागि शिलान्यास पनि गरिएको छ ।
नगर प्रमुख संतोष कुमार मेहताले आज एक कार्यक्रमका बिच उदघाटन गर्नु भएको थियो । इशनाथ नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा नगर प्रमुख मेहता रह्नु भएको थियो । कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का वडाध्यक्ष रामकैलास राउतले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन स्वास्थ्य सह संयोजक सेराजुल खानले गर्नु भएको थियो ।
सो नगरपालिकाको वडा नम्बर २ औरैयामा आधारभूत स्वास्थ्य इकाइ,वडा नम्बर ३ मा पुस्तकालय भवन र बाबा इशनाथ कम्पलेकस भवन निर्माण पश्चात आज उदघाटन गरिएको हो ।
मेयर मेहताको सक्रियतामा आर्थिक वर्ष २०७८÷७९ मा स्वास्थ्य मन्त्रायलको लगानीमा आधारभूत स्वास्थ्य इकाइ निर्माण भएको हो । आ.व.२०७८÷७९ नगर स्तरीय योजाना बाट पुस्तकालय र बाबा इशनाथ कम्पलेकस भवन वडा स्तरीय योजान बाट निर्माण भएको मेयर मेहताले बताउनु भयो ।
इशनाथ नगरवासीहरुको चाहना र आवश्यकता अनुसार आफुले सो उदघाटन र शिलान्यास गरेको कुरा बिकाश प्रेमी मेयर मेहताले बताउनु भयो ।
उक्त उदघाटन कार्यक्रममा उममेयर हुस्ने आरा खातुन,प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल,वडाध्यक्ष रामबाबु राय यादव,वडा नम्बर ६ का वडाध्यक्ष रामेश्वर साह,वडा नम्बर ५ का वडाध्यक्ष शेष नेसार आलम सहितका हजारौंको संख्यामा नेकपा एमालेका नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।