रौतहट, चैत १५ गते । मधेश खबर
रौतहट जिल्ला क्षेत्र नं ३ अन्तर्गत कटहरिया नगरपालिका वडा नम्बर ८ स्थित रहेको पिप्रा पोखरियामा मंगलबार नेकपा एमालेको वडा कमिटीको बैठक सम्पन्न भएको छ । नेकपा एमालेको नगर अध्यक्ष योगेन्द्र साहको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कटहरिया नगरपालिका नगर प्रमुख सियाराम कुशवाहाले स्थानीय तहको निवार्चनमा व्यक्तीगत स्वार्थमा लाग्नेहरु बाट सचेत रहन आग्रह गरेका छन् ।
उनले भने “कटहरिया सेवामूखि नगरपालिकाको रुपमा परिचित रहेको नगरपालिका हो ।” कटहरिया शुल्क बिनाकाे नगरपालिका रहेकाे वहाँले बताउनु भयाे ।
कटहरिया नगरपालिका बाहेक अरु कुनै पालिकाहरुमा यति विकासको काम न भएको उनको भनाई छ । उनले पालिका भित्र खानेपानी लगायतका धेरै सरकारी सुविधाहरुमा लाग्ने करलाई निःशुल्क गरेर सेवा प्रवाह गरेको बताए । बिजुली,सेफटि टैंकी लगायतकाे सेवा फ्रि रहेकाे उनले बताए ।
स्थानीय तहमा ब्रहमलुट गर्नलाइ गठबन्धन गर्नेहरुदेखि सचेत रह्नु हाेला वहाँले भन्नू भयाे ।
व्यक्ती विकास भन्दा सामूहिक विकास गर्नेलाइ रोजन जाेड दिनु भयाे । लुटखसाेटकाे राजनीति गर्नेहरू देखि टाढा रह्न उनले आग्रह गरे ।
आसन्न निवार्चनमा विपक्षीहरू प्रचुर जवाफ दिन नेता कार्यकर्ताहरू लाई आग्रह गरे । विकास विरोधीलाइ जवाफ दिने नेतृत्वलाइ साथ दिन र मतलाइ सहि सदुपयोग गर्न आम जनसमुदाय सँग मेयर कुशवहाले अपिल गरे ।
More Stories
गुजरामा उप नगर प्रमुख रत्न लामाले अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा ब्लैंकेट वितरण
राैतहटमा लैंगिक हिंसाको अवस्था भयावह : प्रजिअ मिश्र
रौतहटमा पासवान माथि भएको अभद्र व्यवहार विरूद्व मुद्दा प्रक्रियामा जाने निर्णय