रौतहट, चैत १२ । नेकपा एमाल फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ मा आज जनबर्गीय कमिटी गठन गरिएको छ ।
सो कार्यक्रममा महिला तरफको अध्यक्ष पदमा रेणु देवी साह, उपाध्यक्षमा श्री पतीदेवी पासवान, सचिवमा रितादेवी राम तथा सह सचिवमा बस्तीदेवी माझी चयन भएको थियो । भने किसान तरफको अध्यक्ष पदमा बरहमदेव यादव, उपाध्यक्षमा वीरेन्द्र साह, सचिवमा लवप्रसाद पटेल तथाा सह सचिवमा ताहिद मिया चयन भएको हो ।
त्यस्तै युवा तरफबाट अध्यक्ष पदमा श्री भगवान साह। उपाध्यक्षमा अनिल साह, सचिवमा उमेश रजक तथा सह सचिवमा हरिनरयान जायसवाल चयन भएको थियो भने दलित तरफ अध्यक्षमा रितादेवी राम, उपाध्यक्षमा वस्तीदेवी माझी, सचिवमा मिनाकुमारी बैठा तथा
सह सचिवमा पस्वती पासवान सर्व सहमत रुपमा चयन भएको थियो ।
कार्यक्रममा एमाले नगर अध्यक्ष बिजय यादव (निर्विज), जिल्ला कमिटी सदस्य बुधाई खाव, जिल्ला कमिटि सदस्य संजय यादव, वडा अध्यक्ष संजय साह, वडा अध्यक्ष ब्रहमा यादव, नगर उपाध्यक्ष शेरबहादुर पटेल तथा मधेश प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य रामजनम पासवान लगाएतका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
More Stories
ओलीको दलीय संयन्त्र लोकतन्त्रको लागी खतरा हो : प्रभु साह
बैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन आईटी आर्मी चितवन जिल्लाको तयारी भेला सम्पन्न
असफल र असक्षम ओली सरकार विघटन हुन्छ – प्रभु साह